Gold
Bangad salyan

सर्वोच्चको न्यायिक फैसलापछि संयुक्त विद्यार्थी संगठनले गर्यो स्वागत

काठमान्डौ – सर्वोच्चको न्यायिक फैसलापछि संयुक्त विद्यार्थी संगठनले स्वागत गर्दै विजयी जुलुस कार्यक्रम गरेको छ। सोमबार सर्वोच्च अदालतले सरकारले गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरेको छ।

संबैधानिक सर्वोच्चता जोगाउने ऐतिहासिक फैसलाको स्वागत गर्दै पाँच विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा विजयी कार्यक्रम गरेको हो। कार्यक्रममा वाईसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले सर्वोच्च अदालतले जनताको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गरेकोमा स्वागत गरेका थिए।

सरकारले गरेको संसद् घटनविरुद्द र पटक पटकको पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध पाँच विद्याथी संगठनले विरोध गर्दै आईरहेको थियो। आज भने विरोध नभई सर्वोच्च अद्लातलाई स्वागत गरिएको हो।