Gold
Bangad salyan

राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरिन

साउन ३ ,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्। शनिबार बसेको मन्त्रिपरिषद् बैठकको अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।

यसअघि ओली सरकारले जारी गरेको अध्यादेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो।

अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए। यो अध्यादेशको चर्को विरोध भएको थियो भने संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।