Gold
Bangad salyan

उपत्यकामा थप सात दिन निषेधाज्ञा थपियो

साउन १८ ,काठमान्डौ – काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्बिएको छ । मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

पहिलेकै निषेधाज्ञालाई थप कडाइ गर्दै एक हप्ता निषेधाज्ञा गरिएको हो। कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न पनि प्रशाशनले अनुरोध गरेको छ।

पछिल्लो समय कार्यालय देखि सार्वजानिक स्थानमा भिड भाड देखिएकोले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचनामा बताए।

हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन्। निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिदै आईएको छ ।

यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।