Gold
Bangad salyan

आगलागीमा परेकी महिलाको ५ दिन पछी मात्र उद्दार

असोज ५ गोरखा- आगलागीमा परेर घाईते भएकि धार्चे गाउँपालिका–२ रुन्चेतकी ४४ वर्षीया गर्बी गुरुङको ५ दिन पछि बल्ल उद्दार गरिएको छ।

उनको मंगलबार हेलिकप्टरबाट उद्धार गरि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ।१ गते राति बाख्राको खोरमा आगलागी हुँदा गुरुङ जलेर घाइते भएकी थिइन् ।

उनको आर्थिक अवस्था कमजोर हुँदा उपचार र उद्धारमा ढिलाइ भएको थियो । शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी गुरुङ निकै निम्न परिवारकि हुन् उनको उपचारमा आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेको छ।