Gold
Bangad salyan

पशुपतिनाथ मन्दिर भित्र बाबामाथी खुकुरी प्रहार

असोज ११, काठमान्डौ – पशुपतिनाथ मन्दिर क्षेत्रमा एक जना साधु बाबमाथी खुकुरी प्रहार भएको छ ।

सोमबार बिहान सन्तोष भनिने बाबामाथि अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताए ।

विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै गर्दा एकजना व्यक्ति आएर उनलाई ‘माल निकाल भनेका थिए । प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ ।

सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका भगेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ । सन्तोस बाबा हिन्दी मात्र बोल्न जानेको प्रहरी श्रोतले बताएको छ ।