Gold
Bangad salyan

अनामनगरमा रहेको बाजेको सेकुवा कर्नर पछाडीको घरमा भिषण आगलागि

कार्तिक १९ ,काठमान्डौ – लक्ष्मीपूजाको लागि बालेको दियोबाट आगो सल्केर अनामनगरको एक फर्निचर शोरुमको घरमा आगो सल्किएको छ।

बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाको छ। कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको प्रहरीले जनाएको हो।

उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको थियो। लक्ष्मीपूजा गर्दा दियो बालेर शोरुमका सञ्चालक अशोक ढकालले पसल बन्द गरेका थिए।

त्यहिँबाट आगो सल्किएको थियो। आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको र अहिले आगो करिब नियन्त्रणमा आएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।तस्विर “रुटिन अफ नेपाल बन्द ,सबिन कार्की