Gold
Bangad salyan

प्रधानन्यायाधीश विरुद्द बारले सोमबार कालोपट्टी बाँधेर विरोध गर्ने

काठमाडौं-  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले भोलि सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको हो।

बारका महासचिव लीलामणि पौडेलका अनुसार सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने बताए। न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि समय–समयमा चालेका कदममा साथ, समर्थन र सहयोग गरेको भन्दै कानुन व्यवसायीलाई बारले धन्यबाद दिएको छ।

यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितका विरोध कार्यक्रम गरिसकेको छ।बारले ९० इकाईहरुसँग छलफल पनि थालेको छ। सो छलफलपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौडेलले बताए।