Gold
Bangad salyan

प्रचण्डको स्वास्थ्यमा अचानक समस्या

कार्तिक २७ ,काठमान्डौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।

प्रचण्ड अहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाले बताए। ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ।

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो। प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।