Gold
Bangad salyan

कक्षा १२ को परीक्षाफल मंसीर १५ सम्म परीक्षा बोर्ड

कार्तिक ३०,काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी रहॆको बताए। काम गर्दै जाँदा केहि दिन अगाडी पछाडी हुनसक्छ तर मङ्सिर १५ गते भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ अर्यालले भने।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए ।

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।