राप्रपाको महामन्त्रीमा रेखा थापा र कुन्ती शाही भिड्दै
मंसिर १८,काठमाडौं- अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकि छिन।
उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकि छिन । यस्तै राप्रपा अध्यक्ष कमल थापा प्यानलबाट कुन्ती शाहीले
उम्मेदवारी दिएकि छिन ।
रेखा थापा र कुन्ती शाहीको भिडन्त हुने छ । आजै ८ बजेबाट मतदान हुँदै छ । सबैको नजर रेखा थापा तिर देखिन्छ ।
नायिकाबाट राजनितिमा फड्को मारेकि रेखालाई उनका समर्थकले हिजो देखीनै भोट माग्न सुरु गरेका छन । यस्तै अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देलको भिडन्त हुने छ ।

