Gold
Bangad salyan

खाना खान होटेल गएका महाधिवेशन प्रतिनिधि अझै आएनन खोजिकार्य शुरु

काठमाडौं – काँग्रेसको १४ औ महाधिवेशनमा मतदान नगरी खान होटेल पुगेका महाधिवेशन प्रतिनिधिको खोजीकार्य शुरु भएको छ ।

घन्टौं समय आम्म लाईन लाग्दा समेत पालो नआएको र भोकाएपछी उनिहरु खाना खान होटेलतिर लागेका थिए ।

होटेलबाट नफर्कीएपछी उनिहरुको खोजिकार्य भैइरहेको र मतदान समय पनि साढे ११ बजे सम्म थपिएको समितीले जनाएको छ ।

राति साढे १० बजेको सूचनाअनुसार ४ हजार ४०० जनाले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।