Gold
Bangad salyan

महाधिवेशन लगतै माओवादीका नेताहरु धमा धम बिरामी प्रचण्ड आईसोलेसनमा

पुष २३ ,काठमान्डौ – माओवादी केन्द्रको आठौ महाधिवेशन सकीएलगतै माओवादीका नेताहरु धमा धम बिरामी हुन थालेका छन्।

कतिलाई भने कोरोना संक्रमण पनि देखीएको छ। यस्तै नेताहरुलाई कोरोना देखिएपछि अध्यक्ष प्रचण्ड आईसोलेसनमा रहेका छन्। आईसोलेसनमा बसेपछि राजनीतिक भेटघाट बन्द ससेत गरिएको श्रोतले जनाएको छ।

यस्तै माओवादी नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उनक अराजनीतिक सल्हाकार भिम प्रकाश शर्मा लगायतका नेताहरुपनि बिरामी परेको श्रोतले जनाएको छ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य राम प्रसाद सापकोटा दीपशिखाले पनि आफूमा रुघा खोकी लागेको सामाजिक संजालमार्फत जानकारी गरेका छन्। केहि दिन यता भिड भाड स्वास्थ्य सतर्कताको कमिका कारण नेपालमा दैनिक जस्तो कोरोनाका बिरामी बढ्न थालेका छन्।