Gold
Bangad salyan

मतदाता नामावली संकलन भोलिदेखि बन्द

काठमाडौं- निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै आयोगले मतदाता नामावली संकलन गर्न बन्द गर्ने जनाएको हो।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ । आयोगक अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्ने। त्यसमा दावी विरोध भए आयोले उजुरी दिन आह्वान गर्नेछ । दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । जसमा ३५ देखि ४० दिन लाग्ने आयोगले अनुमान गरेको छ।