स्थानीय तहको निर्वाचनमा कमलबजार नगरपालिकाको मेयरमा युवा बल बहादुर रावत (पारस) ले गरे उम्मेदावारिको घोषणा
फागुन २,काठमान्डौ- बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमलबजार नगरपालिकाको मेयरमा बल बहादुर रावत (पारस)सहितको प्यानल भिड्ने भएको छ ।
लामो समयदेखी समाजमा भैपरि आउने नातावाद कृपावाद अन्याय अत्याचार बिकृती बिसंगतिका बिरूद्ध आवाज उठाउदै समाजमा ठुलो योगदान पुर्याएका रावत सानै उमेर देखि समाज परिवर्तन तथा सामाजिक कार्यमा रुची राख्ने गर्थे ।
अन्याय,अत्याचारका विरुद्ध आवाज उठाउने, स्वदेश तथा प्रवाशमा रहेका असहाय दुखि पिडितका लागी सहारा बन्दै आएका,रावत आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरि दुखि पिडितलाई सहयोग गर्ने गरेका छ्न ।
समाजमा फरक पहिचान बनाएका बल बहादुर रावत (पारस) ईमानदार,क्षमतावान र नेतृत्वको लिन सक्ने छवि बनाएका युवाहरूको मनमा बस्न निकै सफल र सामाजिक संजालमा परिचित पनि रहेका छन् ।
सामाजसेवामा सक्रिय रावत आम नागरिकमा लोकप्रिय रहेका छन् । रावतलाई मेयरको जिम्मेवारी दिनुपर्नेमा युवाहरुको पनि माग रहेको रावत बताउछन।
देश बिकाशको लागि सबैभन्दा पहिले तल्लो तह टोल वडा भएमात्र सिङ्गो देश बिकास हुनसक्ने भनेर आफू निर्वाचित भए गाउँ समाजमा हुने अन्याय अत्याचार बिकृती बिसंगति को अन्त्य गर्ने रावत बताउछ्न ।
अब युवा पुस्तालाई देश चलाउन जिम्मेवारी दिनु पर्ने रावतको दाबी छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको मेयरका उम्मेदवार बल बहादुर रावत (पारस) ले बताए।

