Gold
Bangad salyan

शिक्षिका बलात्कार गर्ने नेकपा एमाले सांसद बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

काठमान्डौ – बलात्कार आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बानियाँले जुम्लाकी एक ४० वर्षीया शिक्षिकालाई बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेमा परेपछि उनलाई पक्राउ पुर्जी जारी गर्न आदेश दिईएको हो।

पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए। बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरिएपनि उनि हाल सम्म फरार छन्।

बानियाँले भने आफूमाथि लगाईएको आरोप झुठो भएको बताएका थिए। उनले केहि हप्ता अगाडी मात्र ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप लगाएका थिए।

आफू प्रहरीसामु आउने सबै जानकारी गर्ने भनेतापनि बानियाँ हाल सम्म फरार छन्। पीडित शिक्षिकाले दिएको जाहेरीमा आफूले सापटी दिएको २५ लाख रुपैयाँ लिन होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको उल्लेख छ। बानियाँले भने पैसा ती महिलाले पाइसकेको र दवैको बीचमा केहि नरहेको बताए ।