जाजरकोटमा राष्ट्रिय फूल लालीगुराँस ढक्क मक्क टिकटक बनाउने र रमाउनेहरु बढे
फागुन २९,काठमान्डौ – कर्णाली प्रदेश जाजरकोट जिल्लाको पश्चिम पाँचकटियामा नेपालको राष्ट्रिय फूल लालीगुराँस ढक्क मक्क फुल्न सुरु गरेका छन्। लालीगुराँस फुल्न थालेपछि पाँचकाटिया नै रमाइलो देखिने गरेको छ भने लालीगुराँस खान र फोटो खिच्नेहरुको लहर बडिरहेको स्थानीय रमेश जोशीले बताए।
लालीगुराँसको माग जाजरकोट सदरमुकाममा पनि भएको र एउटा लालीगुराँस १५ रुपैयाँमा सम्म बिक्रि हुने गरेको जोशीले जनाए । लालीगुराँस खानको लागि मानिसहरु रुकुमको चौरजाहारी सल्यानको बराचौर सुर्खेतको फेरा लगायतबाट जाने गरेको स्थानीय बताउछन ।
जाजरकोट कै स्थानीयहरुपनि लालीगुराँस टिप्न जाने गर्दछन। नेपालको राष्ट्रिय फूल लालीगुँरास कर्णालीका थुप्रै जिल्लामा पाईने गर्दछ। फागुनको महिनादेखिनै फुल्ने यो फूल आउँदो बर्षको बैशाख सम्म रुखमा फुलने गरेको देख्न सकिन्छ। लालीगुराँस फूल्न सुरु गरेपछि फूल त्पने रमाऊने र टिकटक बनाउनेको अहिले लहरनै चलेको छ।

