सुर्खेतको भेरी नदिमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
फागुन २९ सुर्खेत – भेरी नदीमा नुहाउने क्रममा तिन बालिका बेपत्ता भएका छन्। सुर्खेतको भेरिगङ्गा नगरपालिका,११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन्। शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेको स्थानीयले बताए। बेपत्ता भएकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए।

