Gold
Bangad salyan

युवा नेता धिरज उपरकोटि राष्ट्रिय युवा प्रतिभा पुरस्कार र नगदसहित सम्मानित

फागुन २९,काठमान्डौ – युवा नेता धिरज उपरकोटि राष्ट्रिय युवा प्रतिभा पुरस्कारले सम्मानित भएका छन। उनलाई नगद रू एक लाख र सम्मान प्रमाण पत्र सहित आज युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमा गरी सम्मान गरेको हो।

बारपाक सुलिकोट गाउँ पालीका वडा न ६ ताकुकोट निवासी समाजसेवी युवा नेता धिरज उपरकोटीले देशको बिभीन्न ठाउँमा सामजिक सेवा गरेबापत नेपाल सरकार बाट प्रदान गरिने यस बर्षको २०७८ सालको राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरेको हो।

नेपाल सरकारबाट प्रदान गरिने उक्त पुरस्कार यस वर्ष युवा नेता उपरकोटीलाई प्रदान गर्ने गत १९ गते सरकारले घोषणा गरेको थियो । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पुर्याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको छ ।