Gold
Bangad salyan

१२ बुँदेलाई टेकेर फेरी जनयुद्द गर्ने ठाउँ छ ईशारा बुज्नुहोस: प्रचण्ड

चैत १२ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारीलाई टेकेर अझै जनयुद्ध गर्न सकिने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले माओवादीलाई हराउनैपर्ने अभियानमा प्रतिक्रियावादीहरु लागेको बताए।

माओवादीलाई हराउन सकिन्छ भनेर अझै भित्र भित्र चिज गर्दैछन ,तर डराउनु पर्ने छैन। १२ बुँदे भनेको टेक्ने ठाउँ हो, जहाँबाट फेरि आन्दोलन गर्न सकिन्छ प्रचण्डले भने। प्रतिक्रान्तिहरु विदेशी प्रतिक्रियावादीहरुसंग मिलेर माओवादी सखाप पार्नुपर्छ भनेर लागिपरेका छन्।

तपाईहरुलाई ईशारानै काफी छ बुझ्नुहोला। जनयुद्धका सहिदहरु, बेपत्ता योद्दा र घाइतेहरुले लडेर ल्याएको उपलब्धि जाली फटाहहरुले उल्ट्याउने प्रयास गरेको उनले बताए। तर उनीहरुका सपना पुरा हुन नदिने पनि प्रचण्डले बताए। ‘बच्चाको साँचो माया बच्चा जन्माउने आमा-बुबालाई हुन्छ।

सौतेनी आमालाई हुँदैन ,सौतेनी आमाहरुले हाम्रो बच्चा मार्ने प्रयत्न गर्दैछन्। त्यसकारण खबरदारी गर्ने जिम्मा तपाइँ हाम्रै छ उनले भने। उनले एमसीसीलाई देखाएर गठबन्धन भत्काउने अर्को गठबन्धन बनाउने एमाले-कांग्रेसको प्रयासलाई विफल पारिदिएको समेत बताए। देशभरीबाट माओवादीलाई बढार्ने षड्यन्त्र रचीएको थियो। सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिनेगरी एमसीसीको समाधान अहिलेलाई हल गरिएको दाहालले भने।