Gold
Bangad salyan

एनएमबि बैंकले गर्यो ५२ हजार थान चुल्हो वितरण

चैत २८

काठमान्डौ – एनएमबि बैंक लिमिटेडले ५२ हजार चुल्हो वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाडौँको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ ।

यस्तै बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो ।परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ, अर्घाखांची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरू वितरण गरेको हो ।