Gold
Bangad salyan

सुर्खेतमा हतियार दॆखाउदै प्रहरीले कुटे मतदान अधिकृत र गाँउले

बैशाख २९

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।

निर्वाचनका लागि खटिएका प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टले मादक पदार्थ सेवन गरि मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका हुन्।

पञ्चपुरी नगरपालिका-७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले बुधबार राति ११ बजेतिर हतियार देखाउंदै कुटपिट गरेका हुन्।

निर्वाचनका बेला प्रहरी कर्मचारीबाटै अमानवीय व्यवहार र कुटपिट गर्ने सई भट्टलाई कारबाहीको प्रक्रिया सुरू गरिएको कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमा तानीएको छ भने अनुसन्धान भईरहेको उनले बताए।