Gold
Bangad salyan

बुटवलमा एमाले मेयरको उम्मेदवारकि श्रीमती पैसा बोकेर सुकुमबासी बस्तीमा

बैशाख २९

बुटवल – मौन अवधिमा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई सुकुम्बासी बस्तीमा पैसा बाड्न पुगेको बेला स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका छन।

बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेको बेला नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले नारबाजी गरेपछी उनी भागेर मजुवा टोलस्थित सिर्जना भूसालको छिमेकीको घरमा पुगेकि थिइन।

भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका हुन् ।

बुधबार दिउँसो प्रहरी पुगेपछि प्रहरीले उनलाई स्थानीय सिर्जना भूसालको घरमा फेला पारेको थियो । अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बसेकी थिइन् ।

मौन अवधिमा एमालेका उम्मेदवारहरु विभिन्न स्थानमा मत माग्न र पैसा बाँड्न हिँडेको खबर प्राप्त भएका छन।