हुम्लाको चंखेली मतदान केन्द्रमा झडप, मतदान अधिकृत घाइते
बैशाख ३०
हुम्ला – हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा भएको हो। झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् ।झडप नियन्त्रण गर्न प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

