नेपालगञ्जमा मतदान केन्द्रभित्र मेतह्विलचेयर लैजान नदिदा अपाङ्गता भएकाले घिस्रिएर मतदान गरे
बैशाख ३०
काठमान्डौ – नेपालगञ्ज उपमहानगरपालिका-२० स्थित आदर्श मावि राँझा मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरूले घिस्रिएर गएर मतदान गरेका छन् ।
उनीहरुलाई मतदान केन्द्र भित्र ह्विलचेयर समेत लैजान दिईएको छैन । लोकतन्त्र र आफ्नो अधिकारप्रति घिस्रेर भए पनि मतदान गर्न पुगेका अपाङ्गता भएका उनीहरुलाई ह्विलचेयर समेत लैजान नदिएको भन्दै अहिले विवाद चर्कीएको छ।
अन्य मतादान स्थलमा अपाङ्गता बुढा ,वृद्द लाई मतदान गर्न प्रथामिकता दिईएपनि नेपालगञ्ज उपमहानगरपालिका-२० स्थित भने यो नियम लागि हुन सकेन।

