Gold
Bangad salyan

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

काठमान्डौ – सरकारले एकै पटक पेट्रोल डिजेलमा १० रुपैयाँ मूल्य वृद्धि गरेपछी चौतर्फी विरोध भैइरहेको छ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले भोलि मूल्य फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि र महङ्गी का विरुद्ध भोली ज्येष्ठ ०१ गते माईतिघर मण्डलामा २ बजे विरोध प्रदर्शनको कार्यक्रम गर्ने संगठनले जनाएको छ।

साथै अन्य जिल्लाहरुमा पनि आफ्नो अनुकुलतामा विद्यार्थी दिवसको कार्यक्रम सङ्गै पेट्रोलियम पदार्थको मुल्यवृद्धि र महङ्गीका विरुद्ध विरोधका कार्यक्रमहरु गर्न संगठनले अपिल गरेको छ।