Gold
Bangad salyan

झापाको कुवाडीदेवी मतदान केन्द्रमा सुतली बम विस्फोट

मङ्सिर ४ झापा – झापा गाउँपालिकाको एउटा मतदान स्थल परिसरभित्र सुतली बम विस्फोट भएको छ। अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ। झापा-२ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएको हो।

मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताए। विस्फोट पछि मतदान स्थगतसँगै त्रसित बनेका थिए। घटनास्थल नेपाली सेनाको टोली पुगेको आधा घण्टापछि मात्र मतदान सुरू भएको थियो।