Gold
Bangad salyan

१०७ वर्षीय वृद्धले गरे उत्साहका साथ् मतदान

मङ्सिर ४,म्याग्दी – म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।मालिका गाउँपालिका–२ रूमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्।