Gold
Bangad salyan

कलेज पोशाकमा आएका विद्यार्थीलाई होटल/रेष्टुरामा कोठा उपलब्ध नगराउने

Salyan

 

असार २८ ,

होटल र रेष्टुरेण्टहरुमा विकृति बिसंगति बढ्दै गएको भन्दै व्यवसायीले विकृति रोक्न नयाँ नियम लागू गरेका छन् ।
व्यवसायीले १६ वर्षमुनिका ग्राहकलाई धुमपान र मदिराजन्य वस्तु विक्री गर्न रोक लगाएका छन् । यस्तै कलेज तथा स्कुल पोशाकमा आएका जोडी विद्यार्थीलाई होटल/रेष्टुरामा कोठा उपलब्ध नगराउने नियम लागू गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।पछिल्लो समय कलेज पढ्ने विद्यार्थीहरु कलेज पोशाकमै होटल रेष्टुरेन्टमा कोठा लिएर यौनजन्य क्रियाकलापमा सरिक हुने क्रम बढेपछि यस्तो नियम लागू गर्नुपरेको अध्यक्ष जीसीले बताए ।

संघले जारी गरेको नयाँ आचारसंहितामा होटलमा आउने प्रत्येक पाहुना तथा पर्यटकको परिचय खुल्ने गरी दर्ता गर्नु पर्ने, दर्तामा फोन नम्बर अनिवार्य रुपमा उल्लेख हुनु पर्ने नियम छ ।कुनै व्यवसायीले समाजमा विकृति र विसंगती फैलाउने खालका अनुचित काम गरेको प्रमाणित भएमा संघले कानुनी कारबाहीको लागि सिफारिस गरिनेसमेत संघले जनाएको छ ।
होटेल र रेस्टुरेण्टमा मूल्यसूची अनिवार्य रुपमा राख्नु पर्ने, होटेल रेस्टुरेण्टमा काम गर्ने कामदार कर्मचारहिरुलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने र खाद्य सुरक्षालाई उच्च महत्व दिदै खानाका परिकारहरु शुद्ध र सफा राख्नु पर्नेमा जोड दिइएको छ ।