Gold
Bangad salyan

२०१८ विश्वकपको उपाधि कसको हातमा ,,

असार ३१ , एजेनसि – रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भईरहेको विश्वकप २०१८ खेलमा आज क्रोएसिया र फ्रान्स बीच नेपालि समय अनुसार ८ : ४५ बजे फाईनल खेल हुँदै छ ।आज राति हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो ।सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको हो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्नेछ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन । दुवै टिम आफ्नो भाग्यमा हैन मेहनतमा विश्वास गर्दै प्रतिस्प्रधामा जुट्नेछन।