हाम्रा बा राष्ट्रनायक : काङ्ग्रेस सांसद शुनिल शर्मा
काठमान्डौ – काङ्ग्रेस सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपि ओलीलाई के बा राष्ट्रनायक भन्दै नारा लगाएका छन।
उनी बालकोट पुगेर केपि ओली राष्ट्रिनायक भएको भन्दै नारा लगाएका हुन । यो संगै उनिमाथी काङ्ग्रेसका सांसदहरुले आलोचना गरेका छन।
एक पार्टीको सांसद विपक्ष पार्टीको नेतालाई भेटेर राष्ट्रवादि भन्दै नारा लगाएको भन्दै नेपाली काङ्ग्रेस पार्टीले उनलाई कारबाही अगाडि बढाउने बताएको छ।
नक्कली प्रमाणपत्र प्रकरणमामा सांसद सुनिल शर्मालाई सिआइबिले पक्राउ गरेको थियो । उनलाई अदालतले तातेखमा छोड्न आदेश दिएको हो।
रिहाई हुन बितिकै उनी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए भने ओलीलाई प्रधानमन्त्री बनाउने समेत बोलेका छन।

