बाजेको कुटाईबाट दुई बर्षका नातीको मृत्युु
साउन २९
बैतडी – बैतडीमा बाजेको कुटपिटबाट नातिको मृत्यु भएको छ ।
पुर्चौंडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ वर्षीय नाति रेशम साउँदको मृत्यु भएको प्रहरिले जनाएको छ।
बैतडी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बाजेको कुटाइबाट ८ वर्षीय नाति रिजन साउँद गम्भीर घाइते छन् ।
बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेको उनले बताए ।
कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आईसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नातिमाथि कुटपिट गर्ने गणेश साउँदलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

