Gold
Bangad salyan

रुकुमका गौरवले काठमान्डौमा साथीको घरबाट कुकुर चोरेर लगे

साउन २८

काठमान्डौ – रुकुमका गौरव बरालले आफ्नै साथिको घरबाट ३० हजार मूल्य पर्ने कुकुर चोरेर लगेका छन ।

रुकुम सानीभेरि गाउँपालिका वडा न २ बस्ने गौरव बरालले उनकै साथी डेकराज बिसिको घरबाट सेतो रङ्गको कुकुर चोरेर लगेका हुन ।

सानीभेरि गाउँपालिका वडा न २ निवासी डेकराज हाल काठमान्डौ तार्केश्वर नगरपालिका ५ गोल्ढुङामा बस्दै आईरहेका छन।

गौरव बराल काठमान्डौ गोलढुङ्गामा आएर डेकराजको घरमा बास बसेका थिए । उनिहरु खान पिन गरेर सुतेका थिए ।

गौरव बरालले घरमा राखेको कुकुरलाई बिहानै चोरेर लगेको डेकराजले बताए ।

बिहान उठेर कुकुर हेर्दा नदेखेपछि गौरवलाई फोन गर्दा समेत उनको मोबाईल स्विचअफ रहेको डेकराजले बताए ।

डेकराजले ३० हजारमा कुकुर किनेर केही हप्ता मात्र घरमा ल्याएका थिए ।

कुकुर तत्काल खोजीनीति गर्दिन सरोकारवालासंग डेकराजले आग्रह गरेका छन। कुकुर फेला परेमा 9866919646 निम्न नम्बरमा सम्पर्क गर्दिन पनि अनुरोध गरेका छन।