Gold
Bangad salyan

नक्कली प्रमाणपत्र आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

साउन २९

वुटवल – नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको अभियोगमा  बैंकका ६ कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी रहेका छन।

पक्राउ पर्नेमा बुटवल शाखाका मनीष मास्के ,खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली, बुटवलकै कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, मुद्दा शाखाका दीपक बिष्ट रहेका छन् ।

उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । नक्कली प्रमाणपत्र छानिबन गरिरहेको काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई रुपन्देहीबाट प्रक्राउ गरेको जनाएको हो।

प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार  नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।