१ क्विन्टल सुन ६० केजि भयो पितल हुने संभावना
साउन २९
काठमान्डौ – राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो।
सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगालेर तौल गरिएको थियो ।
सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो। अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ।
कतिपयले भने केही दिनमा सुन नै पितल हुने बताएका छन। पहिले १ क्विन्टल भएको सुन झन्डै २८ दिनमा कसरी ४० किलो घट्यो । अब यो सुन पितल नै हुने देखिन्छ अनुसंधानमा रहेका एक व्याक्तीले भने ।
नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ३५ किलो सुन पक्राउ गरिएपनि पछि अनुसंधानले पितल भएको बताएको थियोे ।

