Gold
Bangad salyan

आफैले पालेको गाई काटेर खाने तनहुँका तीन जना पक्राउ

भदौ १०

काठमान्डौ – तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

शुक्लागण्डकी नगरपालिका,६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

केही दिन यता धरानमा गाई गोरु काटेर भोज भतेर गर्ने गरेको पाईएको थियो । उनिहरुलाई पक्राउ गरि कारबाही अगाडि बढाईएको छ।