Gold
Bangad salyan

एनसेलले ठगेको भन्दै बाहिरियो लगानीकर्ता आजिएटा ग्रुप

मंसिर १६

काठमान्डौ – एनसेलमा लगानी गरेको मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले आफ्नो शेयर बिक्री गरेको छ।

यस्तै एनसेलकाे बाँकी २० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे छ।
स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारकाे स्वामित्व छ ।
व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले गत बुधबार नेपालबाट बाहिरिने बिज्ञपति मार्फत निर्णय गरेको थियो।

नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।
दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।