Gold
Bangad salyan

ज्ञानेन्द्र शाहीले सभामुखलाई भने दादागिरी बन्द गर्नुस

असार १

काठमान्डौ – राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले सभामुख देवराज घिमिरेलाई दादागिरी बन्द गर्नुस भनेर बोलेका छन।

आइतबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दल रास्वपाले वेल घेराउ गरिरहेको छ ।

भिजिट भिसा प्रकरणमा उच्तस्तरीय छानबिन समिति बनाउन माग गर्दै रास्वपाले संसद अवरोध गरे पनि सभामुख देवराज घिमिरेले संसद बैठक अघि बढाएका छन् ।

बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले सभामुख घिमिरेलाई दादागिरी बन्द गर्न आग्रह गरेका हुन् ।

‘मैले राख्नुपर्ने कुरा केही पनि छैन । संसदमा आन्दोनल भइरहँदा संसद चलाउनु उचित हुँदैन ।

कुरा केही नराखी उहाँहरू पनि, हामी पनि जनताले जिताएका जनप्रतिनिधि हौँ,’ उनले भने, ‘भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने भन्नेमा सबैले साथ दिऊँ ।

यसरी संसद चलाउनु संसदीय अभ्यास होइन, यो त दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।’