Gold
Bangad salyan

रवि लामिछानेविरुद्द पर्सामा ११ करोड हिनामिनाको गरेको मुद्दा दायर

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ।

सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।

सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।

प्रहरीले अनुसन्धान सकेर करिब एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिए। असार १