Gold
Bangad salyan

शिवरात्रिको दिन प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमान्डौ – शिवरात्रिको दिन प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका,१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।

श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका भिडियो भाईरल बनेको थियो। तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।

मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।फाल्गुन ६