नेपाल कम्युनिष्ट पार्टीका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ
फाल्गुन ६
काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जनाए ।
बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् ।नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।

