दुर्गा प्रसाईको रिहाईको लागि देश भर आन्दोलन
काठमाडौँ ।- दुर्गा प्रसाईं को रिहाइको माग गर्दै देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।
प्रसाईं सचिवालयले विज्ञप्ति जारी गर्दै फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्दसहित संघर्षका चरणबद्ध कार्यक्रम अघि सारेको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजकसमेत रहेका प्रसाईंलाई बिना कारण आधार पक्राउ गरिएको दाबी गर्दै सचिवालयले सरकारमाथि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक अधिकार कुण्ठित गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ कि प्रसाईंले उठाएका जनसमस्याका विषयमा सम्बोधन गर्नुको सट्टा राज्यशक्तिको प्रयोग गरी बन्दी बनाइएको छ। शान्तिपूर्ण आग्रहहरूलाई बेवास्ता गरिएको उल्लेख गर्दै अब बाध्य भएर कडा आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाइएको छ।
घोषित कार्यक्रमअनुसार बन्द अवधिभर उद्योग, कलकारखाना र शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गर्न आह्वान गरिएको छ।
साथै विभिन्न स्थानमा विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिने जानकारी पनि दिइएको छ। फालगुन ७

