कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित
काठमान्डौ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र पारित गरेको छ। केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो।
आज बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ ।फागुन ६

