कम्युनिस्ट पार्टीका उमेदवार रमेश मल्ललाई बनगाड कुपिन्डे १० ले बुझायो ज्ञापन पत्र
फाल्गुन ८
काठमान्डौ – सल्यान जिल्लाका कम्युनिस्ट पार्टीका उमेदवार रमेश कुमार मल्लले आसन्न प्रतिनिधिसभा चुनावमा ढुक्कले जित्ने बताएका छन।सल्यान माओवादी केन्द्रको आधार ईलाका समेत रहेको भन्दै आफुले ढुक्कले जित्ने बताउदै कार्यक्रममा आईरहेका छन।
एकिकृत समाजवादिका नेता सल्यानका प्रकाश ज्वाला माओवादी केन्द्रका पूर्व मन्त्री सांसद टेक बहादुर बस्नेतले जितेको उक्त क्षेत्रमा दुवै नेताहरुले अहिले रमेश मल्ललाई सघाईरहेका छन।
कहिले काङ्ग्रेस कहिले एमालेसंघ गठबंधन गरेर सल्यानमा जित्दै आईरहेको माओवादीले के कुरामा जित सुनिश्चित भन्यो भन्ने भने यहि २१ गतेको मतदानलाई कुर्न पर्ने छ।

सल्यान कुमाख गाउँपालिकाका रमेश कुमार मल्ल लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीयमा रहदै आईरहेका थिए ।
उनले अहिले सल्यान जिल्लामा आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्र पारेका छन। अभियानकै क्रममा उनलाई सघाउन संयोजक प्रचण्ड हिजो सल्लिबजारमा पुगेका थिए ।
रमेश मल्ल , प्रकाश ज्वाला , टेक बहादुर बस्नेत ,भिम प्रकाश मल्ल लागायतको टिमले हिजो बनगाड कुपिन्डे नगरपालिकाका विभिन्न वडामा घर दैलो अभियान गरेको छ।विभिन्न वडाका कम्युनिस्ट समर्थकले उमेदवार प्रत्यक्ष तर्फका उमेदवार रमेश मल्ललाई जन्ताका माग र समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएका छन।
ज्ञापन पत्रमा वडाभित्र जन्ताका समस्या खाने पनि देखि सिचाइ कुलो , बिधुत , संचार लागयत समाधानको कुरा राखीएको छ।सल्यानमा रमेश मल्ल , एमालेका नेता गुलाब जंग शाह , काङ्ग्रेसका नेता केश बहादुर बिस्टको प्रतिस्प्रधा हुने भएको छ।



