Gold
Bangad salyan

बलात्कार घटना कम गर्न अनुसन्धानमा गम्भीर हुन आईजीपीलाई गृहमन्त्रीको निर्देशन ,,

Salyan

भदौ १४ ,काठमाडौँ, – देशमा बलात्कारका घटना बढी रहेको बेलामा गृहमन्त्री रामबहादुर थापा’बादल’ले महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन् ।गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भएको भए त्यस्ता घटनामा संलग्न प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन महानिरीक्षक खनाललाई निर्देशन दिए ।बिहीबार गृहमन्त्रालयमा बोलाएर उनले खनाललाई महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

थापाका अनुसार घटनाप्रति ध्यानाकर्षण प्रहरी हुन पर्ने र एसको लागि विशेष योजना समेत बनौन पर्ने बता एकाछन् बलात्कारका घटना न्युनीकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्री थापाले बताए । साथै छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकाी निर्मला पन्तको मृत्युको घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबैपक्षले काम गर्नुपर्ने बताएका छन् ।