नारि दिवसकै दिन सुर्खेतमा बालिकाको बलात्कार पछि हत्या
फागुन २४

सुर्खेत – सुर्खेतमा कक्षा ११ मा अध्ययनरत इनिसा बि.क. को आज बिहान रहस्यमय अवस्थामा मृत्यु भएको छ।
प्राप्त जानकारी अनुसार, गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी इनिसा बिहान घरबाट “ट्युसन पढ्न जान्छु” भन्दै निस्किएकी थिइन्।
केही समयपछि पनि घर नफर्किएपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ थियो।
केहीबेरपछि आमालाई अज्ञात नम्बरबाट फोन आयो
“तपाईंकी छोरी सुर्खेतको सहिद पार्कमा बेहोस अवस्थामा छिन्।
आमा तत्काल घटनास्थल पुग्दा इनिसा बेहोस अवस्थामा र शरीरभरि रगत लागेको अवस्थामा भेटिएकी थिइन्।
आमासमेत बेहोस भएपछि प्रहरीले घटनास्थलबाट उनलाई काला गाउँस्थित प्रदेश अस्पताल, सुर्खेत पुर्याएको थियो। अस्पतालमा चिकित्सकले इनिसालाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको गहन अनुसन्धान सुरु गरेको छ र अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको बुझिएको छ।
मृतक इनिसाका आफन्तहरूले निर्मला पन्त हत्या काण्डजस्तै दोषी उम्किन नदिन माग गरेका छन्।
उनीहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिनुपर्ने बताएका छन्।

