Gold
Bangad salyan

संगीतकार अशिम चन्द्रका सिर्जना एक पछि अर्को चर्चामा

चैत २९

काठमान्डौ – संगीतकार अशिम चन्द्र बिश्वकर्माले एक पछि अर्को   हिट गीत बजारमा पठाउने गरेका छन।

पछिल्लो समयमा गण्डकी बोलको गीतले निकै चर्चा पाएपछि गीत संगीत क्षेत्रमा गायक तथा संगीतकार अशिम चन्द्र विश्वकर्माको खोजी समेत हुने गरेको छ।

उनकोको संगीत मुलको पानीले गीतलाई पनि दर्शकले अत्यधिक मन पराउने गरेका थिए । भर्खरै मात्र  उनको संगीतमा रहेको गीत बनमा फुल तिमी मनमा भुललाईलाई पनि अघिल्ला सिर्जना जस्तै दर्शकले मन पराईदिनेमा आशावादी रहेको अशिमले बताए ।

गायक बिक्रम परियार शान्ति श्री परियारको स्वर रहेको उक्त गीतमा बिक्रम बाबू बिश्वकर्माको शब्द लेखन छ।

एकिन्द्र शारा शंकरको निर्देशन कोरियोग्राफी रहेको गीतलाई नबराज उप्रेतीले खिचेका हुन।

बहुप्रतिभाका धनी संगीतकार अशिमले सम्पादन गरेको यो गीतमा सुबर्ण दुलाल र जुना विश्वकर्माको दमदार अभिनय देख्न सकिन्छ।
बानी मायालु , आकाशमा तारा जुन छन लगायतका थुप्रै गीत उनका बजारमा बजिरहेका छन।

बागलुङ घर भएपनि कर्मथलो राजधानीलाई बनाएका अशिमले गीत संगीतमा निकै मेहनत गरेको देखिन्छ । दर्शकको रोजाइ र खोजाईमा उनका गीत परेपछि अशिमले आफू खुसी रहेको समेत बताए ।

कर्म गर्दै जाने हो युवा जमातले कस्तो सिर्जना खोज्छन भन्ने म अध्यन गर्दै जान्छु र गुनगुनाउने गर्दै त्यस्लाई दर्शकमाझ पस्किदै जान्छु उनले भने । यस्तै अशिमका थुप्रै गीत बजारमा आउने तयारी रहेको पनि उनले बताए ।

यस्तो छ भिडियो