अव्यवस्थित पसल टहरा सामाग्री हटाउन वनगाड कुपिण्डे नगरपालिकाको आग्रह अटेरी गरे डोजर चलाईने
वैशाख ९
काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिकाको कार्यालयले सडक किनारामा राखीएका अव्यवस्थित पसल टहरा सामाग्री हटाउन सूचना जारि गरेको छ।
नगरपालिकाले हिजो मात्र एक विज्ञप्ति जारि गर्दै तिन दिन भित्रमा सडक छेउका अव्यवस्थित पार्किङ्ग ठेला गाडी छेउ छाउमा रहेका पसल फोहर तत्काल हटाउन प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले वालुवा संग्रहि देखि संग्रहि सडक ,रेकर सल्लीबजार हुँदै भेरी पुल सम्म र देवस्थल देखि नाम्रा औलवेशी वामे सडकभित्र रहेका सामान फोहर देखि निर्माण सामाग्री हटाउन निर्देशन गरेको हो।
नगरपालिका क्षेत्रको सडक भित्र अव्यबस्थित सर सामान मापदण्ड विपरित सवारी साधन पार्किङ्गले साघुरु सडक भैई दुर्घटना बढेको जनगुनासो समेत आईरहेको नगरप्रमुख कर्ण बहादुर बुढाठोथोकिले बताए।
अव्यबस्थित पसल सर समान फोहरले बजारको सौन्दर्यमा समेत नकारात्मक असर परेको हुँदा तोकीएको मितिमा तत्काल नहटाए प्रचलित कानुन बमोजिम हुने समेत प्रमुख बुढाथोकिले बताए। अव्यबस्थित टहरा पसल सामग्री हटाउन यो भन्दा अगाडी पनि सूचना गरेपनि अझै नहटेको उनको भनाई छ। अटेरी गरे डोजर चल्ने पनि प्रमुख बुढा थोकिले बताए।


