Gold
Bangad salyan

ईलाका प्रहरी कार्यालय सुर्खेत बाबियाचौरका इन्सपेक्टर १५ हजार घुससहित पक्राउ ,,

Salyan

असोज २८ ,काठमान्डौ – सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने १५ हजार घुस सहित भाग्ने क्रममा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको हो ।

इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेले सोही नगरपालिकाको वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए अनुसार उनीहरु पैसा लगेर भागेको बेला पक्राउ गरिएको थियो ।सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले बताएको छ । पक्राउ परेका दुवैमा अनुसन्धान सुरु गरिएको छ ।