Gold
Bangad salyan

हङकङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हुँदै ,,

कार्तिक २५ हङकङ –  हङकङमा सन् २०१९ को जुनमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् । पछिल्लो समयमा विदेशी भूमिमा नेपाली चलचित्रको अवार्ड हुने क्रम बढेको छ ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले आज हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । अवार्डको नेपाल संयोजन भने संगिक्षा फिल्मस्ले गर्नेछ । अवार्डको पत्रकार सम्मेलनमा संगिक्षा फिल्मस्का प्रमुख मनोज केसी पनि उपस्थित थिए ।अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ती नेपाली रहेकी छिन् । यो अवार्डमा चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

 

अवार्ड प्रदान गरिने कुल २१ विधाहरुमा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव,नायक, पपुलर नव,नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री रहेका छन् । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछ ।अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने आयोजकले बताएको छ ।