Gold
Bangad salyan

बाख्रा चराउन गएकी बालिकाको सामूहिक बलात्कार ,,

कार्तिक २५ , गुलरिया – बाख्रा चराउन गएकी बर्दियाको बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ।
बालिका रुँदै घर आएर आमालाई घटनाबारे बताएकी थिइन्। गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरे लगतै खटेको प्रहरीले बलात्कारमा संलग्न दुई किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार आरोपित उत्तर प्रदेशको बहराइच मोतीपुरका १५ र १६ वर्षीय किशोर पक्राउ परेका छन्। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।